पद्मावत र भारतीय लोकतन्त्र !



काठमाडौँ, १३ माघ : आफुलाइ संसारकै ठूलो लोकतन्त्र दाबी गर्ने भारतको लोकतन्त्र एउटा फिल्मको कारण डगमगाएको छ , भारतिय मिडियालाई मान्ने हो भने भारतिय स्वतन्त्रता दिबसको ठिक एक दिन अगाडि अर्थात 25 जनवरीमा रिलिज हुन लागेको फिल्म “पद्मावत” को कारण भारत अशान्त बन्दै छ , भारतिय स्वतन्त्रता दिबसको दिन लालकिल्ला बाट उत्तर फर्केर नेपाल मामलामा पनि सम्बोधन गर्न सक्ने आशामा लालकिल्लाको मोदिको सम्बोधन लाई काठमाडौको एउटा बृतले प्रतीक्षा गरीराखेको कुरालाई पनि नदरअन्दाज गर्न मिल्दैन भने भारत आफैं संजयलिला भन्साली निर्देशित दिपिका , रणबिर स्टारर फिल्मको कारण खासगरी भारतिय सत्ताधारी दलकै प्रभाबसाली बृत शंसकित देखिन्छ भने उता भारतीय सर्बोच्च अदालतको बाध्यकारी आदेशकै कारण फिल्म रिलिज गर्न रोक लगाउने सामर्थ्य अनि भारतिय सरकारसँग छैन । “पद्मावत” रिलिजको पारो कतिसम्म बढेको छ भने मुम्बई प्रहरी प्रमुख दत्तात्रेय पैदलगीरले सञ्चारकर्मीलाई स्पष्टीकरण दिदैं भनेका छन कि फिल्म “पद्मावत” को रिलिजलाई ध्यानमा राखेर सुरक्षा बढाइएको जानकारी मात्रै दिएनन् कानुन र ब्यबस्थामाथी कोहि नभएको भन्दै प्रहरी प्रमुख पैदलगीरकरले सिनेमा हललाई पुर्णतः सुरक्षा प्रदान गरीने प्रतिबद्धता ब्यक्त गर्दै सिनेमा हल , फिल्म निर्माता र कलाकारलाई सुरक्षा दिनु अहिलेको अनिबार्य आबश्यकता भएको समेत भन्न भ्याए , भारतिय लोकतन्त्रमा फिल्म र राजनितिको बिबादको यो साईनो भने न त पहिलो हो न त अन्तिम नै यसअघि पनि धेरै पटक यस्ता बिबाद सतहमा आईरहेका देखिन्छन् , अघिल्लो बर्ष पनि आमिर खान स्टारर फिल्म पिके तथा आलिया , शाहिद अभिनित “उड्ता पञ्जाब” ले पनि निकै बिबादको सामना गर्नु पर्‍यो भने एउटा अमुक फिल्मकै कारण पञ्जाबमा बिजेपिको सत्ता प्राप्ती अभियान असफल भएको विश्लेषण सुन्न पाईन्छ , दुई राज्यको चुनावको समाप्ति पछि अदालती आदेशमा रिलिज गर्न लागीएको फिल्मले चुनाबलाई प्रभावित गर्ने सम्भावना नभएपनी भारतिय स्वतन्त्रताको एउटा जल्दो बल्दो उदाहरण भने बन्न पुगेको छ ।

हाम्रो देशको मधेसी अधिकार सम्बोधन नभएको बहानामा अघोषित नाकाबन्दी समेत गर्न पछि नपर्ने साउथ ब्लक आफ्नै लोकतन्त्रको यो हालत हुँदा पनि किन चुप बसिराखेको हो ? कि नेपालमा बामगठबन्धनको उदय पश्चात् माईक्रोम्यानेजमेन्ट कसरी गर्ने भन्ने चिन्तामै लिन हो अहिलेसम्म बुझ्न सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्