जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्नुहुने



बेइजिङ, १२ माघ : जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्न लाग्नुभएको छ । उहाँले  जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लाग्नुभएको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिनुभयो ।

उहाँले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नुहुने भएको छ ।

यस भेटघाटका क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हिजो प्राप्त समाचारअनुसार बेलायतका प्रधानन्त्री थेरेसा मेले पनि चीनको भ्रमण गर्न लाग्नुभएको छ ।

उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता चुङयीङले बिहीबार जानकारी नै दिनुभएको थियो ।

बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका थिए ।

प्रधानमन्त्री भएपछि थेरेसाले अहिले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्