स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)



काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले त्रिवेणीमा स्नान गरी माधव नारायणको पुजा गरे ।

ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी ब्रत बसे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।

तस्बिर: दिपेन्द्र रोका

प्रतिक्रिया दिनुहोस्