प्रियंकालाई ट्याक्स अफिसले काट्यो पत्र



बलिउड अभिनेत्री प्रियंका चोपडालाई करछलीको आरोप लागेको छ । उनले ६७ लाख पर्ने एक महँगो सामानको कर नतिरेको भन्दै इनकम ट्याक्सले पत्र काटेको हो । ट्याक्स अफिसले प्रियंकालाई कर तिर्न आग्रह गरेको छ ।

तर, प्रियंकाले भने त्यो वस्तु आफूलाई उपहारस्वरूप आएको भन्दै कर नतिरेको बताएकी थिइन् । सो वस्तु महँगो भएकाले उपहारै भए पनि कर तिर्न ट्याक्स अफिसले आग्रह गरेको हो ।

सन् २०११ मा ट्याक्स अफिसले प्रियंकाको घरमा छापा मार्दा एउटा महँगो घडी र कार भेटिएको थियो । ती दुवै सामानको कर तिरिएको थिएन । किनभने प्रियंकाले ती दुवै चिज उत्पादक कम्पनीले आफूलाई उपहार दिएको बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्