प्रविधिको विकाससँगै प्रयोगमा छैनन् सरकारी कार्यालयका उजुरीपेटिका



संखुवासभा, १४ माघ

सरकारी कार्यालयका परम्परागत उजरी पेटिका प्रयोगविहीन बन्दै गएका छन् । सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् ।

सुशासन, परदर्शी र जवाफदेहितको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा साझापेटिका अहिले प्रयोगविहीन बनेका छन् । धुलोमैलो, माकुराको जालो भरिएको तथा मुसा र भित्तिको बासस्थान समेत बनेको भेटिन्छन् ।

संखुवासभाका अधिकांश सरकारी कार्यालयका यस्ता पेटिका सबै औचित्यहीन बन्दै गएका छन् । सेवाग्राहीको धेरै चाप हुने संखुवासभाको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयका ती पेटिकामा न कहिले उजुरी पर्ने गरेका छन् भने न त कसैले गुनासो लेखेर बक्समा हाल्ने गरेको पाइन्छ ।

कुनै पनि सरकारी कार्यालयमा साझाव, गुनासोको एक टुक्रा पनि परेको नदेखिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । हाम्रो कार्यालयमा पनि उजरी पेटिका छ, उनले भने, ‘अहिलेसम्म कुनै उजुरी परेर खोलेको मलाई थाहा छैन ।

समय आधुनिकतातर्फ बढ्दै गएका कारण उजुरी नपरेको उनी बताउँछन् । कुनै बेला सुझाव र गुनासोले भरिएका सुझाव पेटिकामा जम्मा हुन्थ्ये । अहिले समय नै परिर्वतन भइसकेको छ । गुनासो, उजुरी तथा सुझाव बक्समा पर्दैन, अनि खोलिन्दैन, उनले भने । प्रशासन कार्यालय मात्रै होइन, सेवाग्राहीको चाप बढी हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा खसेको पाइदैन् ।

इमेल, फोनले उजुरीपेटिका विस्थापित

सरकारी सेवा चुस्तदुरूस्त बनाउनको लागि प्रयाजसो ती उजुरीपेटिका राखिएका हुन । सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न पाउन भनेर विशेष रूपमा उजुरीपेटिका राख्ने गरिन्छ ।

सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारे सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस र सुर्धान, ढिलासुस्ती गने कर्मचारीलाई कारवाही गर्नको लागि पनि ति उजुरीपेटिका झुड्याउने  गरिन्छ । सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनी प्राबधान छ ।

तर, पछिल्लो समय सुचना प्रविधिको विकास र नागरिकमा चेतनाको बृद्धिकै कारण सझाव पेटिका प्रयोगविहीन भएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । सेवाग्राहीको केही गुनासो भए गुनासो सुन्ने अधिकारी, सुचना अधिकारी तथा कार्यालय प्रमुखलाई सिधै मौखिक रुपमा सेवाग्राहीले कुरा राख्न पाउँदछन, उनले भने, ‘गुनासो तथा उजरीपेटिकामा किन लेखेर हाल्न पर्यो त ! अधिकांश सरकारी कार्यालयमा सुचना अधिकारी भएका कारण पनि सेवाग्राहीलाई सजिलो भएको तथा सेवाग्रही पनि धेरै सचेत भइसेका छन ।

कार्यालयको सेवामा चित्त नबुझे प्रमुखलाईनै भेटेर गुनासो र उजुरी गछर्न, जिल्ला निर्वाचन कार्यालयका प्रमुख  ऋषी दहालले भने, ‘कोही लेखेर कार्यालयको इमेलमा पठाउँछन भने कोही सिधै फोन गरेर भन्न पाउने प्रविधिको विकास भएको छ । इमेल, फोनले हिजोआज चिठ्ठीपत्रसमेत हराउन थालेका छन् . जिल्ला हुलाक कार्यालय संखुवासभाका प्रमुख रुद्र बहादुर बुढाथोकीले सरकारी कार्यालयका मात्र चिठ्ठीपत्र आउन जाने गरेको बताए । मैले मेरै कार्यालयका अति आवश्यक चिठ्ठीहरू स्क्यान गरेर मेल गर्छ, उनले भने, ‘चिठ्ठीपत्र पुग्नुभन्दा अगाडि नै इमेलबाट छिटो पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्