विपन्न परिवारकाे लागि भोजपुरमा एकीकृत वस्ती बन्दै



भोजपुर, १४ माघ

भोजपुरमा दलित समुदाय तथा विपन्न वर्गकालागि लक्षित गरेर घर निर्माण हुने भएको छ । जिल्लाका ३ स्थानीय तहका ७ वडा छनौट गरेर ५० परिवारको आवस निर्माण हुने भएको छ ।
५० परिवारका लागि आवस निर्माण गर्न लागिएकोमा यस वर्ष स्वीकृत भएको संख्याले जिल्लाका विपन्न परिवारलाई नसमेट्ने भन्दै पुनः ५० वटा आवास संख्या थप गर्नका लागि शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन धनकुटा मार्फत सम्बन्धीत निकायमा पठाउने शनिवार बसेको जिल्ला जनता आवास समन्वय समितिको वैठकले निर्णय गरेको छ ।
यो कार्यक्रम लागु भएका गाउँ तथा बस्तीमा आवश्यक पर्ने पूर्वाधारका लागि माग गरिको छ । जनता आवास कार्यक्रमका लागि विभिन्न दलित तथा विपन्नहरुको वस्ती रहेको स्थानहरुलाई छनौट गरिएको छ ।
जसअनुसार भोजपुरको आमचोक गाउँपालिकाको वडा नं –४ वालंखा, वडा नं ८ , ९ दुम्मानाको दलित बस्ती, रामप्रसाद राई गाउँपालिकाको वडा नं –३ भुल्के र वडा नं –५ मानेभञ्ज्याङको दलित बस्ती र अरुण गाउँपालिकाको वडा नं ४ चरम्बीको कुमाल वस्ती छनौटमा परेका छन् ।
त्यस्तै सोही स्थानका माझी, जोगी बस्ती र वडा नं – ६ जरायोटारको माझी बस्ती पनि छनौट गरीएको छ ।
जनता आवास कार्यक्रमको लागि राष्ट्रिय दलित आयोगले सुचिकृत गरेका दलित तथा विपन्न वर्गका आर्थिक अवस्था न्युन भएका लाभगागह्री छनौट गरिने जनाइएको छ । । यस्ता वर्गका परिवारले आवास निर्माणको लागि तीन लाख ५० हजार पाउने शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतीवडाले जानकारी दिए ।
सरकारले २०६६र २०६७ सालबाट अति विपन्न दलित घर परिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरेको थियो । तर बिचमा केहि समय राकिएको यो कार्यक्रम गत वर्षबाट तराईका तीन वटा जिल्लाबाट सुरु भएको हो ।
सरकारले यो आर्थिक वर्ष ७४र७५ मा काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक बाँकी भोजपुर सहित ७४ जिल्लामा २५ हजार घर बनाउने लक्ष्य लिएको छ । लाभग्राहि छनौटका लागि सार्वजनिक सुचना गरी सो क्षेत्रका स्थानीयसंग निवेदन माग गरेर विपन्न हो होइन भनी परीवार संख्या, घरको अवस्था र जग्गाको अवस्था मापन गरिने जनाइएको छ । ।

प्रतिक्रिया दिनुहोस्