विमल घर्तीलाई भारतीय चर्चित क्लब मोहन बगानले किन्यो



काठमाडौं, १४ माघ

नेपालका चर्चित युवा फुटबल स्ट्राइकर विमल घर्तीमगर भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् । क्लवले प्रेस विज्ञप्ति जारी गर्दै विमललाई अनुबन्ध गर्न पाउनु खुशीको कुरो भएको बताएको छ । अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताएको छ ।

विमल आइतबार नै कोलकात्ता जानेछन् । उनले सोमबारदेखि नै अभ्यास खेल सुरु गर्नेछन् । अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।

१४ वर्षको उमेरमा राष्ट्रिय टिममा रहेर खेलेर नेपालका तर्फबाट कीर्तिमान बनाएको विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्ध गोल गरेर कम उमेरमा गोल गर्ने नेपाली खेलाडीको अर्को कीर्तिमान जोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्