२२ देशका प्रहरीलाई पछि पार्दै डीएसपी थापा उत्कृष्ठ



काठमाडौं, १४ माघ

नेपाल प्रहरीका नायब उपरीक्षक डीएसपी रमेश थापा २२ देशका प्रहरी मध्ये सबैभन्दा उत्कृष्ठ घोषित भएका छन् । तीन साता लामो चलेको तालिममा उत्कष्ठ बनेका थापालाई नेपाल प्रहरीले सम्मान समेत गरेको छ । अस्ट्रेलिया प्रहरीले भियतनाममा आयोजना गरेको प्रहरी तालिममा उनि उत्कृष्ट ठहरिएका हुन् ।

भियतनाममा आयोजित तीन साता लामो तालिममा उत्कृष्ट बन्दै अवार्ड जितेका डीएसपी थापालाई अस्ट्रेलियाका कार्यवाहक राजदूत ग्राहम मुर्फी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उत्कृष्ट भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । तालिममा सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, श्रीलंकालगायत देशका प्रहरी अधिकृत सहभागी भएका थिए । तालिम अपराध अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायत विषयमा केन्द्रित थियो । डीएसपी थापा महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्