नायक शिव श्रेष्ठको सिनेमामा प्रियंकाको इन्ट्री



दिपेश सापकोटाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ कलाकारका कारण मिडियाहरुमा छाउदै आईरहेको छ । एकपछि अर्का चर्चित कलाकारको इन्ट्रीले सिनेमा मल्टिस्टार बन्ने पक्का भएको छ ।

नायिका बर्षा राउत र उनका प्रेमी संजोग कोइराला फाइनल भएपछि चर्चामा रहेको यस सिनेमामा अब अर्की चर्चित नायिका प्रियंका कार्कीको पनि इन्ट्री भएको छ । नायिका प्रियंका कार्कीलाई निर्माणपक्षले आइतबार मात्र फाइनल गरेको हो । साथै, कलाकार किरण केसी र नायक दीलिप रायमाझी पनि सिनेमामा फाइनल भएका छन् । संगीतकारका रुपमा बसन्त सापकोटा पछि अर्जुन पोखरेल फाइनल भएका छन् भने कोरियोग्राफरमा कविराज गहतराज फाइनल भएका छन् ।

नायक शिव श्रेष्ठ प्रस्तुतीमा रहेको सिनेमामा यशोधा राई र दिनेश दर्शनधारी निर्माताको रुपमा रहेका छन् । फागूनबाट छायांकनमा जाने लभ स्टोरी सिनेमा नारीप्रधान हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्