सगुनको “माछिको भुरी” सार्वजनिक (भिडियो सहित)



गायक एबम गीतकार सगुन तामाङले “माछिको भुरी” बोलको गीत सार्वजनिक भएको छ । अहिलेको फेसनेबल गीत बजारमा प्रस्तुत गरेको र समय सान्दर्भिक गीत बजारमा ल्याएको तामाङको भनाइ छ । आफुले गीत सङ्गितमा रहेर सक्दो नेपाली सङ्गितको संरक्षणमा केही हदसम्म भएपनी सहयोग गरेको र आफू खुसी रहेको उनले बताए ।

सगुनका ‘सिन्धुली मावर पर्यो मेरो घर‘,’ ‘उठ नेपाली, जुट गोर्खाली‘,’ ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको‘,’ ‘माया लाग्छ नि हो माया लाग्छ नि‘,’ ‘याङ तामाङ‘’ लगायत बोलका गीत चर्चित छन् । यतिमात्रै होइन– केही अन्य चर्चित कलाकारले समेत उनका गीत गाएका छन् । मेलिना राईले गायकी ‘तिमी हाँस्न सिकाउने मान्छे‘’ गायकी थिइन । उनि २०६१ बाट साङ्गितिक क्षेत्रमा लागेका थिए । सार्वजनिक गीतमा सगुन तामाङको आवाज, शब्द, अभिनय ,सङ्गीत स्याम पाखृन ,बाबू जिम्बाको निर्देशन, रहेको छ भने, अभिनयमा तामाङलाई सलिना लिम्बुले साथ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्