यसरी गरे सलिनले गर्लफ्रेण्डलाई बर्थडे ‘विस’



‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक हुन् सलिनमान बनियाँ । यो फिल्मको सफलतापछि उनको माग ह्वात्तै बढेको छ । लाखौं पैसा ‘सुटकेस’ मा बोकेर दर्जनौं निर्माताहरु उनको घरसम्म पुगिसकेका छन् । तर, उनले हालसम्म कुनै पनि फिल्म साइन गरेका छैनन् ।

हेयर स्टाइल र क्यूटनेशकै कारण उनको चर्चा डेब्यु फिल्म रिलिज अगाडि देखिनै व्यापक थियो । खबरअनुसार, नायिका झरना थापाको नयाँ फिल्ममा उनी काम गर्न सक्छन् । ‘भागवत गीत’ र ‘ए मेरो हजुर ३’ मध्ये उनी एक फिल्ममा अनुवन्धित हुन सक्ने प्रवल सम्भावना छ ।

डेब्यु फिल्म रिलिजपछि गुमनाम जस्तै भएका सलिनको ‘लभ लाइफ’ भने यतिबेला खुब चर्चामा छ ।

केही समयदेखि उनको नाम अस्प्रिना जिन्हा श्रेष्ठसँग जोडिएको छ । तर, यस विषयमा सलिन चुप थिए । गएको बिहीवार उनले आफ्नी प्रेमिकाको जन्मदिनमा भव्य रुपमा मनाएका छन् ।

प्रेमिकाको नाममा उनले केक बनाए । सँगै सेल्फी खिचे । प्रेमिका अस्प्रिनाले आफ्नो आधिकारिक इन्स्टाग्राममा प्रेमी सलिनलाई ‘मेरो प्रेम’ भन्दै धन्यवाद दिइन् ।

यता, सलिनले पहिलो पटक आफ्नो गर्लफ्रेण्डलाई सोसल मिडियामार्फत सार्वजनिक गरेका छन् । प्रेमिकालाई जन्मदिनको शुभकामना दिँदै उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेका छन्, ‘ह्याप्पी बर्थडे लभ । तिमी, मेरो जीवनको सबैभन्दा राम्रो चिज हौं ।’ क्याप्सन यस्तो छ अनि फोटोमा सलिन र अस्प्रिनाको लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ ।

बुझिएअनुसार, अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । प्रेमिका सार्वजनिक गरेपछि नायकहरुको ‘डाईहार्ट’ युवती फ्यान घट्छन् भनिन्छ । युवती फ्यान धेरै रहेका सलिनलाई कतै प्रेमिका सार्वजनिक गर्नु महंगो पर्ने त होइन ?

प्रतिक्रिया दिनुहोस्