कला हो कि महको सत्यानास ? (फोटो फिचर)



मानिस को सोख पनि निकै अचम्म अचम्म को हुन्छ । तेस्तै एकजना फोटोग्राफरले निकै विचित्रका तस्वीरहरु सिर्जना गर्नेका छन् । निर्वस्त्र युवती र आपसमा अंकमालमा हराएका निर्वस्त्र वैशालु जोडीलाई महमा चोपलेर गरिएका अनौठा फोटोशूट अमेरिका मा पर्दशनी मा रहेको छ । अमेरिकी फोटोग्राफर ब्लाक लिटिललाई मह खाइरहेको बेलामा यस्तो सोचाई आएछ त्येसैले उनले वैशालु तन्नेरीहरु क साथमा बालक देखि ८५ वर्षकी महिला र कुकुरलाई समेत महमा डुबाएर रोचक फोटो श्रृंखला तयार पारेका छन् ।

हरेक हप्ता १००० पाउण्ड मह खर्च गरेर केहि हप्ता लगाएर तयार पारिएका एस्त फोटो हरु लस एन्जल्सको कोपेकिन ग्यालरीमा प्रदर्शनमा राखिएको छ । उनको ‘पि्रजर्भेसन’ शीर्षकको मह फोटो श्रृंखलामा डेढ वर्षको बालक र ८५ वर्षकी वृद्धालाई समेत महले छोपिएको छ । फोटोसूटमा सहभागी एक मोडेलले आफ्नो जिउमा मह खनाउँदा उनलाई सुरुमा निकै चिसो भएपछि विस्तारै जिउ तात्दै गएको र आफुलाई सुरक्षित अनुभुति भएको बताइन् । कतिपयले भने एक घण्टासम्म महमा चोपलिँदा निसास्सिएको अनुभुति हुने बताए ।

प्रतिक्रिया दिनुहोस्