चुल्हो मा जल्यो ३० लाख (भिडियो सहित)



बेइजिङ– कसैले १९ लाख रुपैयाँ चुल्होमा जलाउला ?
यस्तै सोच्नै नसकिने घटना भएको छ शाओशान शहरमा बस्ने एक व्यक्तिको घरमा । यहाँकी एक महिलाले गल्तीपूर्वक चुल्होमा राखिएको २० हजार पाउन्ड अर्थात करिब ३० लाख रुपैयाँ जलाएकी छिन् ।

आफ्नो कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने वैंग नामका एक व्यक्ति ले कामदारलाई तलब दिन राखेको २० हजार पाउन्द चोर बाट बचाउन चुल्हो मा राखे । यद्यपी उनले यो बारेमा आफ्नी श्रीमती हाओ बिनलाई पनि बताएका थिए । तर दोस्रो दिन हतारमा बिनले चुल्होमा आगो बालेर चिया बनाउनको लागि पानी उमालिन् । पानी उम्लिँदै थियो, उनले त्यहाँ पैसा भएको झल्यास्स सम्झिइन् । तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो किनभने सबै पैसा लगभग पूरै जलिसकेको थियो ।

वैंगसँग मजदुरलाई तलब दिनको लागि त्यति पैसा थिएन त्यसकारण उनले यो पैसा केहि समयको लागि साथीहरुसँग उधारो लिएका थिए । तर लगभग पूरै जलिसकेका नोट लिएर साट्नको लागि बैंकमा गए तर बैंकले ती पैसाहरु साट्न अस्विकार गर्यो । वैंगले भने, ‘यो घटनाले हाम्रो निकै ठूलो नोक्सान गरेको छ । मेरी श्रीमती यसका कारण निकै विक्षिप्त बनेकी छिन् । तर मैले उनलाई यसको लागि माफी दिइसकेकी छु र हामीहरु बाँच्नेछौँ ।’
थुप्रै चिनियाँहरुले बैंकलाई विश्वास नगर्ने हुँदा पैसालाई चोरबाट बचाउनका लागि घरमा नै लुकाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्