पत्याउनु हुन्छ ? एउटा सेल्फीको ६००० पाउन्ड



कुनै एउटा सेल्फी को कति मूल्य पर्ला ? हामी त्येसको केहि मुल्यांकन गर्दैनौ तर कुनै ठाउँ मा खिचेको सेल्फी को पनि लिलाम बिक्रि हुन सक्छ । लन्डनः सन् १९६६ मा बज एल्ड्रिन नामक अन्तरिक्षयात्रीले अन्तरिक्षमा खिचेको संसरकै पहिलो सेल्फी लगभग ६००० पाउन्ड स्टर्लिङमा बेचिएको छ । उक्त सेल्फी लन्डनमा आयोजना गरिएको एक इभेन्ट (ब्लूम्स्बरी अक्सन)मा बेचिएको हो ।

यो अन्तरिक्ष सेल्फी नासाले संग्रह गरेका ७०० तस्विरहरुमध्यको एक हो । ब्लूम्स्बरी अक्सनमा नासाको यस संग्रहलाई समग्रमा लगभग ४ लाख ९० हजार पाउन्ड स्टर्लिङमा बेचिएको हो । बज एल्ड्रिनले उक्त सेल्फी सन् १९६६ को जेमिनाइ १२ मिसनको दौरान अन्तरिक्षमा खिचेका थिए । यस सेल्फी ५ हजार ९ सय ५२ पाउन्डमा बेचिएको छ ।

त्यसैगरी, सन् १९४६ अक्टोबर २४ मा अन्तरिक्षबाट खिचिएको पहिलो तस्विर १ हजार ७ सय ३६ पाउन्डमा बेचियो । सन् १९६७ नोभेम्बरमा पूरा पृथ्वी आउनेगरी खिचिएको पहिलो उच्च गुणस्तरको रङ्गीन तस्विर १ हजार ९ सय ८४ मा बेचिएको छ ।

सन् १९६९ जुलाईको एपोलो ११ मिसनका दौरान निल आर्मस्ट्रोङ चन्द्रमामा उभिएको तस्विर ३ हजार ४ सय ७२ पाउन्डमा बेचियो ।
यस्तैमा, पहिलो पटक अन्तरिक्षबाट पृथ्वी उदाएको देखिने तस्विर जुन सन् १९६८ डिसेम्बरको एपोलो ८ का अन्तरिक्षयात्री विलियम एन्डर्सले खिचेका थिए यस तस्विरलाई ९ हजार ९ सय २० पाउन्डमा बेचिएको छ ।

प्रतिक्रिया दिनुहोस्