मानिसको टाउको जस्तै भएको पाठो जन्मिएपछि



घरमा पालेको ब्राखाले मानिसको टाउको जस्तै भएको पाठो जन्माएपछि अर्जेन्टिनाको एक परिवारले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको छ ।अर्जेन्टिनाको उत्तर पश्चिमी भागमा रहेको साल्टा प्रान्तको एक परिवारमाथि आफ्नो घर पालुवा जनवारसँग सेक्स गरेको आरोप लागेको हो । मानिसको जस्तै देखिने टाउको भएको बाख्रा जन्मिएपछि उक्त पाठोको तस्विर ती परिवारका एक मित्रले अनलाइन पोष्ट गरेका थिए ।

मानिसको टाउको जस्तै भएको पाठो जन्माएपछि विशेषज्ञहरुले त्यस क्षेत्रमा किटनाषक औषधीको व्यापक प्रयोग गरिएको कारणले त्यस्तो भएको आशंका गरेपनि अनलाइनमा भने परिवारले निकै आलोचना खेपिरहेका छन् ।परिवारले भने आफ्नो परिवारको कुनै पनि सदस्यले त्यस्तो कुकृत्य नगरेको प्रष्ट पारेको छ ।
उक्त पाठो जन्मिदै मृत जन्मिएकोले त्यही दिन त्यसलाई खाल्डोमा आगो लगाएर जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्