जाडो छ ! थाहापाइराखौं जिउमा पानी नहालीकन नुहाउने तरिका (भिडियोसहित)



अहिले तिव्र ठण्डीको मौसम छ । यस्तोमा नुहाउने काम निकै कठीन काम हो । जसका कारण धेरै मानिसहरुले नुहाउनु नपर्ने बहाना खोजिरहेका हुन्छन् ।

चिसोमा जिउ जोगाएर नुहाउने सम्बन्धी अनेक जोक्स, काइदाका स्टाटसहरु तथा भिडियोहरु सोसल मिडियामा अहिले शेयर भैरहेका छन् । यस्तैमा एउटा यस्तो भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ, जो देखेपछि तपाइँले आफ्नो हाँसो थेग्न सक्नहुन्न । फेसबुकमा यो भिडियो लाखौँले हेरिसकेका छन् भने युट्युबमा पनि कैयनले शेयर गरिसकेका छन् ।

भिडियो झ्वाट्ट हेर्दा एकजना युवकले कुवाको चिसो पानीले नुहाइरहेको देखिन्छ । तर जब अलिक गहिरो गरी हेर्नुभयो भने कुरा अर्कै छ ।

वास्तवमा यो युवकले जिउमा पानीको थोपा पनि पारेको छैन र केवल कुवाबाट पानी निकालेको, जिउमा पानी खन्याएको, जिउमा साबुन दलेको, जिउ पुछेको लगायत स्नानका सबै क्रियाकलापको अभिनय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्