स्वस्थ रहने उपायहरु



हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने गर्छन् । त्यस्ता समस्याले मानिसलाई धेरै तनाव दिने काम गर्छ । स्वास्थ्य रहनु मानिसको लागी अहिलेको समस्यामा ठुलो चुनौती हो । स्वास्थ्य रहनको लागी मानिसले आफ्नो जीवनशैलीमा निकै ध्यान पुर्याउनुपर्छ । सानो गल्तीले पनि मानिसको स्वास्थ्यमा ठुलो समस्या आउन सक्छ । खानपिन , शारीरिक व्यायाम जस्ता कुरामा ध्यान दिनाले मानिसलाई स्वास्थ्य हुन ठुलो मद्धत पुग्ने गर्छ ।

स्वास्थ्य रहनको लागी ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) तौल नियन्त्रण :
धेरै तौल बढ्नाले शरीरमा अनावश्यक बोशो लाग्ने गर्छ । यसले गर्दा मानिसमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । जसले मानिसमा दिर्घकालिन समस्या ल्याउने गर्छ । त्यसैले स्वास्थ्य रहनको लागिओ आफ्नो उमेर अनुसारको तौल नियन्त्रण गर्न जरुरी छ ।

२) पर्याप्त सुत्ने :
मानिसलाई पर्याप्त मात्रामा निन्द्रा पुगेन भने मानिसको शरीर कम्जोर हुने गर्छ । त्यसैले पर्याप्त मात्रामा निन्द्रा पुर्याउनको लागी मानिस आठ घन्टा सुत्नु जरुरी छ । निन्द्रा नपुग्नाले शरीरमा विभिन्न प्रकारका समस्याहरु देखा पर्ने गर्छन् । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

३) छाला स्वस्थ राख्ने :
जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ ।

४) खानपिनमा ध्यान :
बाहिरको खानामा चिल्लोपन धेरै हुन्छ । यसले गर्दा शरीरमा धेरै प्रकारका समस्याहरु देखा पर्छन् । त्यसैले हामीले खाना खाँदा घरमै बनाएको पौष्टिक खानाहरु खाने गर्नुपर्छ । सागसब्जी , फलफुल , दुध जस्ता खानेकुराहरु पर्याप्त मात्रामा खानुपर्छ । यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।

५) शारीरिक व्यायाम :
हरेक बिहान शारीरिक व्यायाम गर्नाले शरीर फुर्तिलो हुने गर्छ । यसले रगत संचालनमा मद्धत पुर्याउँछ । शरीरको कोलेस्ट्रोल मात्रा घटाउन मद्धत गर्छ । त्याइले स्वास्थ्य रहनको लागी शारीरिक व्यायामको ठुलो भूमिका हुने गर्छ

प्रतिक्रिया दिनुहोस्