यसकारण मान्छे चन्द्रमामा पुगेका छैनन् | तथ्य सहित



सन् १९६९ जुलाई २० मानव इतिहासका लागि निकै खास दिनको रूपमा मान्छौ । यो दिनमा मानवले पहिलोपटक चन्द्रमामा पाइला टेकेको इतिहास छ । अन्तरिक्ष यात्री निल आर्मष्टंगले चन्द्रमामा पहिलोपटक पाइला चालेको इतिहास हामीले पढ्दै आएका छौ ।

तर, केही विशेषज्ञहरू भने यसलाइ मान्न तयार छैनन् अर्थात् निल आर्मस्ट्रंगले पहिलोपटक चन्द्रमामा पाइला नटेकेको दावी गरेका छन् । केही एयरोनेटिकल इन्जिनियरहरू तथा केही अमेरिकी सैनिक पाइलटहरूले पनि यस कुरालाई मान्न तयार छैनन् । उनीहरूले निल आर्मष्ट्रंगले चन्द्रमामा पाइला टेकेको कुरालाई शतप्रतिशत झुठ भएको दावी गरेका छन् ।

उनीहरूका अनुसार अमेरिका रूसले पहिलोपटक अन्तरिक्षमा मानव पठाएको कुराबाट निकै रिसाएको तथा ईर्श्या गरिरहेको थियो । सोही ईर्श्यालाई मेटाउनका लागी अमेरिकाले एक स्टुडियोमा चन्द्रमामा पुगेको नाटक रचेको समेत दावी विशेषज्ञहरूले गरेका छन् र त्यहाँ खिचिएका तस्विरहरूको अध्ययनबाट यसलाई पुष्टी समेत गरेका छन् ।

उनीहरूले त्यहाँ लिइएका तस्विरहरूको सुक्ष्म अध्ययन गरेर निल आर्मष्ट्रंगले चन्द्रमामा पाइला टेकेको कुरालाई गलत साबित गरेका छन् ।

केहि फोटो जस्ले अमेरिका चन्द्रमामा पुगेको कुरा झुटो साबित गर्दछ |

१.झण्डा फहराइरहेको
चन्द्रमामा पाइला टेकेको भनेर देखाइएको एक तस्विरमा अमेरिकी झण्डा चन्द्रमामा गाडिएको देखाइएको छ । निल आर्मष्ट्रंगसँगै रहेको उक्त झण्डा फहराइरहेको कारण विशेषज्ञहरू यो झण्डा चन्द्रमामा नरहेको बताउँछन् । चन्द्रमामा हावा नबहने भन्दै उनीहरुले उक्त झन्डा हावामा फहराइरहेको भन्दै यो एउटा झुठ भएको बताएका छन् ।

2.फोटो कस्ले खिचिदियो
आर्मष्ट्रंगले लगाएको हेलमेटमा देखिएको दृश्यमा समेत फोटो खिच्ने कोही पनि नदेखिएको बताएको छ । यता नाशाले आफ्नो बचाउ गर्दै अर्का अन्तरिक्ष यात्रीले तस्विर खिचेको र हेलमेटमा नै क्यामरा जडान गरिएकाले उक्त तस्विर खिचेको जस्तो नदेखिएको बताएको छ ।

३.तारा हरु खोइ त
चन्द्रमामा बायुमंडल(बादल) छैन भनिएको छ | आकाशमा ताराहरु देखिनुपर्ने भएपनि कालो भन्दा अरू केही देखिएको छैन् । यता नाशाले भने चन्द्रमाको सहत सूर्यको प्रकाशले चम्किलो भएको कारण त्यहाँबाट तस्विर देख्न मुस्किल भएको बताएको छ ।

४.छायाँ को दिसा किन फरक
तस्विरमा देखिने छायाँमा समेत फरक-फरक छायाँको प्रकृति देखिएकाले उक्त छायाँ फरक-फरक कोणबाट दिइएको प्रकाश कारण देखिएको विशेषज्ञहरूको दावी छ । यता नाशाले भने चन्द्रमामा फरक-फरक ठाऊँबाट प्रकाश आउने गरेको बताएका छन् । उनले पृथ्वी र सूर्यबाट फरक-फरक आएको प्रकाशले त्यस्तो आकृती बनेको दावी गरेको छ ।

५.चन्द्रमाबाट ल्याइएको भनिएको ढुङ्गा पृथीबिमा जताततै पाइने ढुङ्गा भन्दा फरक विशेषता नभएको पाइएको छ |

प्रतिक्रिया दिनुहोस्