सामाजिक मुद्दाहरुमा सहकार्य गर्दै अनलाईन पत्रिकाहरु



१५ माघ २०७४

काठमाडौँ, बुढानिलकण्ठ नगरपालिकामा लामो समयदेखि संचालित लोकप्रिय अनलाईन पत्रिकाका संचालकहरुको प्रथम छलफल परिवर्तन खबर डट कमको कार्यालयमा बस्यो । विविध विषयमा भएको छलफलमा यस क्षेत्रमा क्रियाशील संचारमाध्यामहरुले एक अर्कालाई सहयोग गर्ने र  सामाजिक सवालहरु सामुहिक आवाज उठाउने सहमति गर्यो ।

छलफल कार्यक्रममा कपन अनलाईनबाट अध्यक्ष आशिष श्रेष्ठ, प्रधानसम्पादक पुन्यराज पुडासैनी, काठमाण्डौ खबर डट कमबाट अध्यक्ष आशिष गुरागाई, केटीएम खबर डट कमबाट अध्यक्ष श्याम कार्की र समाजको आवाज डट कमबाट अध्यक्ष राजु बस्नेतको सहभागिता  रहेको थियो ।

सुचना आदानप्रदान गर्ने र सामुहिक छलफललाई अझ पराकिलो पार्दै भेटघाटलाई निरन्तरता दिनेमा सबै सहभागीको समान धारणा रह्यो ।

प्रतिक्रिया दिनुहोस्