हिट्स अवार्डमा ‘सुन साइँली’ को बर्चस्व



१९औं संस्करणको ‘हिट्स एफएम म्युजिक अवार्ड–२०७४’मा हेमन्त रानाको स्वरमा रहेको ‘गीत सुन साइँली…’ गीतले चारवटा अवार्ड थापेको छ । राजधानीको त्रिपुरेश्वरस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोहमा उक्त गीतबाट गायक रानाले सर्वोत्कृष्ट पुरुष पप गायन र सर्वोत्कृष्ट गीतको अवार्ड हासिल गरे ।

यही गीतबाट संगीतकार कालीप्रसाद बाँस्कोटाले सर्वोत्कृष्ट पप रक संगीत सिर्जनाको अवार्ड र रिकेश गुरुङले सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड पनि चलचित्र लुट–२ को ‘ठमेल बजार…’ गीतबाट कालीप्रसाद बाँस्कोटालाई प्रदान गरियो ।

विगतको भन्दा केही फितलोसँग सम्पन्न भएको भएको यसपटकको अवार्डमा बाँकी थुप्रै अवार्ड प्रदान गर्दा दर्शक दीर्घाबाट ताली बजेन । तर, ‘सुन साइँली…’ले अवार्ड पाउँदा दर्शकले तालीले हेमन्तलाई निरन्तर साथ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्