महिलाको अनुहारमा रहेको अनावश्यक रौं फाल्न निम्न उपाय अपनाउनुहोस्



सामान्य त पुरुषको जुंगा पलाउनु त कुनै अनौठो कुरा होइन तर, महिलाको जुंगाको रेखी देखियो भने कस्तो होला सुहाउने कुरै भएन । हो कतिपय महिला यसैकारण हैरान हुन्छन् ।  यी बिधि अपनाउनुभयो भने सजिलै मुक्ति पाउनु सक्नु हुन्छ ।

बेसन र बेसार
एक चम्चा बेसनमा एक चुट्की बेसार मिसाउने । थोरै दूध पनि मिलाएर पेस्ट तयार पार्ने । यो पेस्टलाई ‘अपर लिप’को माथिपट्टि लगाएर सुक्न दिने । अब, रगडेर सफा गर्दा रौँ उखेलिएर जान्छ ।

कागती र चिनी
आधा चम्चा कागतीको रसमा एक चम्चा चिनी मिलाउने । राम्रोसँग फिटेर तयार भएको मिश्रण नाकमुनि रौँ पलाएको भागमा लगाउने । केही बेरपछि रगड्दा रौँ सफा हुन्छ ।

दूध र बेसार
राति सुत्नुअघि ‘अपर लिप’मा दूध र बेसारको पेस्ट बनाएर लगाउने । भोलिपल्ट बिहानै धुने । नियमित यसो गर्दा रौँ हुन पाउँदैन ।

पिठो र दही
चामलको पिठो र दहीको पेस्ट तयार पार्ने । अनावश्यक रौँ पलाएको ठाउँमा लगाउने । सुकेपछि रगडेर फाल्ने, रौँ पनि सँगै फालिन्छ ।

प्रतिक्रिया दिनुहोस्