फेरी सर्यो रजनीकान्त र अक्षयको ‘२.०’ रिलिज मिति



एजेन्सी । ‘बलिउड हंगामा डटकम’ले दक्षिण भारतिय सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’को रिलिज मिति पुनःसरेको समाचार लेखेको छ। यस अघि फिल्म अप्रिल १४ मा रिलिज हुने बताइएको थियो।

फिल्मको भिएफएक्स’को काममा केहि ढिलाइ हुनेभएपछि फिल्म पूर्वनिर्धारित मितिमा रिलिज हुने नसक्ने उक्त वेवसाइटको दाबी छ । फिम पूर्वघोषित मितिभन्दा एक वा दुई महिना पर सर्ने बताइएको छ। एस शंकरको निर्देशनमा बनिरहेको फिल्म सन् २०१० मा रिलिज भएको ‘रोबर्ट’को सिक्वल हो।

फिल्ममा रजनीका अलावा अक्षयकुमार तथा एमी ज्याक्सन मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई हिन्दी तथा तमिल गरि दुई भाषामा छायाँकन गरिएको छ। ‘२.०’को यो समाचारले अन्य बलिउड फिल्मको पूर्वनिर्धारित रिलिज तालिकामा असर पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्