जानीराखौ ! मोवाइलको ब्याट्री लाइफ बढाउने तरिका



एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि आफ्नो डिभाइसको ब्याट्री टिकाउन निकै मुस्किल पर्ने गर्छ । ब्याट्रीको लाइफ बढाउन विभिन्न उपाय नखोजिएका पनि होइनन् । र पनि यस्तो समाधान त्यति भएको पाइदैन । यहाँ हामीले यस्ता टिप्स फेला पारेका छौं, जसले तपार्इंको ब्याट्री लाइफ बढाउन सक्छन् । यो टिप्स फेला पार्न एन्ड्रोइड फोनका लागि मात्र लागू हुने ११ किसिमका टिप्स यसप्रकार छन्

१.त्यसैले सर्वप्रथम तपार्इं मोबाइलको सेटिङमा गएर ब्याट्रीमा जानुहोस् र के कारणले ब्याट्री बढी सकिरहेको छ, त्यो हेर्नुहोस् । तपाईंले ब्याट्री हग्सको सूची अवतरण भइरहेको अवस्थामा एप्लिकेशन र फिचरहरू डिस्प्ले भएको देख्न सक्नुहुनेछ । यदि तपार्इंले बल्लतल्ल प्रयोग भइरहेका एप्लिकेशन र कहिल्यै प्रयोग नभएका फिचरहरू देख्नुभयो भने त्यसलाई अन–इन्स्टल गर्नुहोस् अथवा फिचरलाई टर्न–अफ गर्नुहोस् ।

२.इमेल, ट्वीटर र फेसबुकको पोलिङका लागि फेसबुकबाट काम गर्नुहोस् । पोलिङ अथवा रिफ्रेस फ्रिक्वेन्सीका लागी परीक्षणका रूपमा मात्र भए पनि तपार्इंको विभिन्न म्यासेजिङ एप्सलाई ‘Manual’ मा सेट गर्नुहोस् । र, केही मात्रामा तपार्इंको ब्याट्री लाइफ बढ्नेछ । यति गरेपछि तपार्इंले केही भिन्नता अवश्य पाउनुहुनेछ । पोलिङ फ्रिक्वेन्सीलाई घटाएपछि अवश्य ब्याट्रीको मात्रा बढ्नेछ ।

३.अनावश्यक हार्डवेयरका रेडियोहरूलाई टर्न–अफ गर्नुहोस् । अहिलेका फोनहरूमा LTE, NFC, GPS, Wi-Fi / हुनु हाम्रा लागि ठूलो कुरा हो । तर, के यी चिजहरू हामीलाई चौबीसै घण्टा आवश्यक पर्छन् त रु एन्ड्रोइडले लोकेशन–बेस्ड एप्सहरू ब्याकग्राउन्डमा राखेको छ र निरन्तर ड्रेनका कारण तपाईंको ब्याट्री बढी नोटिसेबल र छिटो हुन्छ । यदि तपाईंको फोनमा पावर कन्ट्रोल विजेट छ भने तपार्इंले तुरुन्तै GPS (Largest Power Drain) , NFC, Wi-Fi, Bluetooth र LTE लाई turn onn/off गर्न सक्नुहुनेछ ।गर्न सक्नुहुनेछ । एन्ड्रोइडको स्टोकमा नोटिफिकेशन बारलाई माथि ल्याउन स्वाइप डाउन गर्नुहोस् र त्यसपछि टप राइट कर्नरमा आइकनलाई ट्याप गर्नुहोस् ।

४.यदि तपाईसँग एक्स्ट्रा पावर सेभिङ मोड छ भने त्यसलाई प्रयोग गर्नुहोस् । पछिल्ला मोडलका स्मार्टफोनमा यो सुविधा छ । यस्ता फोनमा अल्ट्रा पावर सेभिङ र अत्यधिक पावर सेभिङ मोडहरू रहेका छन् । जसले टेक्स्टिङ, फोन कल, वेब ब्राउजिङ र फेसबुकमा फोनलाई लिमिट गर्छ । यसले केही मात्रामा ब्याट्रीको लाइफलाई बढावा दिन मद्दत गर्छ ।

५.ब्याकग्राउन्डमा रन भइरहेका एप्सहरूलाई ट्रिम गर्नुहोस् । Setting>Apps बाट बायाँमा स्वाइप गर्नुहोस् अनि तपाईंले एप्सहरूको सूची देख्नुहुन्छ, जुन वर्तमान समयमा चलिरहेका हुन्छन् । तिनीहरू केका लागि हुन् भनेर जान्न प्रत्येकलाई ट्याप गर्नुहोस् । त्यहाँ रहेका कुनै एप्स तपार्इंलाई अनावश्यक भए बन्द गरिदिनुहोस् ।

६.अनावश्यक होम स्क्रिन विजेट र लाइभ वालपेपरहरूलाई डम्प गरिदिनुहोस् । किनभने तिनीहरू निष्क्रिय रूपमा मात्र तपाईंको होमस्क्रिनमा बसेका हुन्छन् । यसको अर्थ यो होइन कि तिनीहरूले पावर खाएका छैनन् । तिनीहरूले धेरै ब्याट्री लाइफ घटाइरहेका हुन्छन् । त्यसैले तिनीहरूलाई डम्प गर्दा फाइदा हुन्छ ।

७.तपाईंको मोबाइलको ब्राइटनेसलाई टन–डाउन गर्नुहोस र अटोमेटिक ब्राइटनेसलाई टर्न–अफ गर्नुहोस् । यो टिप्सदेखि तपार्इं अहिले छक्क पर्नुभयो होला । तर, हामी ढुक्क छौं कि तपाईंले त्यसो गरेपछि ब्याट्री लाइफ झन् बढ्छ र तपार्इं चकित पर्नुहुनेछ ।

८.तपाईंका एप्सहरूलाई अपडेट गर्नुहोस् । एप्लिकेशनहरूलाई पनि अपडेट गर्नुहोस्, ता कि तपाईंलाई थोरै ब्याट्री पावर प्रयोग गर्न परोस् । यसका लागि तपार्इंले आफ्नो एप्स अप–टु–डेट छ कि छैन भन्ने कुरामा ढुक्क हुनुपर्छ । यदि तपार्इंले फोनलाई अटोमेटिक अपडेटका लागि कन्फिगर गर्नुभयो भने पनि केही एप्सहरू अझै म्यानुअल्ली इन्स्टल अपडेट हुन बाँकी रहन सक्छन् । त्यसैले माई एप्समा गएरMenu Key मा हिट गरेर गुगल प्लेमा एप अपडेट चेक गर्नुपर्छ ।

९.सिग्नल बलमा एक नजर लाउनुहोस् । यदि तपाईं कमजोर सेलुलर कभरेज भएको एरियामा हुनुहुन्छ भने तपार्इंको फोनले बढी र पावरफुल सिग्नल नदिन सक्छ । यसले ब्याट्री लाइफमा प्रतिकुल प्रभाव पार्छ । त्यतिबेला तपाईंले त्यस्तो केही गर्न सक्नुहुन्न । तर, यदि तपाईसँग थोरै ब्याट्री छ र धेरै डाटा र भ्वाइस कल आवश्यक छैन भने मोबाइललाई एयरप्लेन मोडमा राख्न सक्नुहुनेछ ।

१०.विभिन्न रिभ्युहरूलाई चेक गर्नुहोस् । एन्ड्रोइड फोनको रिभ्यु गरिँदा विभिन्न ब्याट्री लाइफका परीक्षणहरू गरिएका छन्, जसलाई तपार्इंले सामाजिक सञ्जालहरूमार्फत खोजेर पढ्न सक्नुहुनेछ । रिभ्युका प्रायः नतिजाहरूले लामो समय फोनमा बोल्नुका कारणले नै ब्याट्रीको लाइफ घटाएको पनि देखाउ“छन् । त्यसैले आफ्नो ब्याट्री लाइफको स्तरलाई बुझेर मात्र बोल्नु राम्रो होला कि १

११.ब्याट्री केश अर्थात् ठूलो विस्तारित ब्याट्री खरिद गर्नुहोस् । ब्याट्री केशले हार्डवेयर इन्क्लोजरलाई कम्बाइन गर्छ, जसकारण फोन सुरक्षित हुन्छ र ब्याट्री लाइफ पनि बढाउन मद्दत गर्छ ।

यी माथिका केही तरिकाहरू तपार्इको लागि सहयोगी मात्रै हुन् । अहिले भिन्न प्रविधिबाट उत्पादन भएका स्मार्टफोनका फिचरअनुसार ब्याट्री लाइफ जोगाउन वा बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्