विश्वकै कान्छा निर्देशक सौगात विष्टको ‘हैरान’ सिनेमा रिलिज मिति तोकियो



विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो सिनेमा ‘हैरान’ को प्रदर्शन मिती फिक्स भएको छ । २०७५ साल जेष्ठ ४ गतेबाट सिनेमा देशभर प्रदर्शन हुने निर्माण कम्पनी डान्स फेभरले जनाएको छ । राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसँग सिनेमा वितरणको सम्झौता भएको कार्यकारी निर्माता सम्झना पोखरेलले बताएकी छिन् ।

कमेडी जनरामा तयार पारिएको सिनेमामा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमामा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । सिनेमामा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

सिनेमामा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्