‘लम्फु’का ४ अडियो गीतहरु एकैसाथ सार्वजनिक



चर्चित नायक सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा ‘लम्फु’ को ४ वटा गीत एकैसाथ युट्युबमार्फत अडियो सार्वजनिक गरिएको छ । गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको सिनेमामा भुपतिको कथा, पटकथा र संवाद रहेको छ ।

पपुलर मिडियाको प्रस्तुती रहेको सिनेमामा शक्ति बल्लव घोरासैनीको लगानी रहेको सिनेमामा समावेश ‘सुको नहोस यार’, ‘दोधार दोधारमा परे म’, ‘तिमीलाई भुलेर’, ‘सँगै जिउने सँगै मर्ने’ बोलका गीतहरु समावेश छन् । सिनेमामा सबै गीतहरुमा अर्जुन पोखरेलको नै संगीत रहेको छ । सार्वजनिक गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । सिनेमा ‘लम्फु’ २०७५ बैशाख २८ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्