शिव परियारको ‘चारैतिर’ गीत सार्वजनिक (भिडियो हेरेर प्रतिक्रिया दिनुहोस्)



गायक शिव परियारको सुमधुर आवाजमा रहेको गीत ‘चारैतिर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्वम ‘गजल भित्रको विमल’मा समावेश गरिएको यस गीत यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईंको अभिनय रहेको छ । भिडियोलाई शुन्दर लावतीले निर्देशन गरेका हुन् । गीतमा विमल गौतमको शब्द र राम सिटौलको संगीत रहेको छ । भिडियोको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् भने अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्