भैरहवामा भेटिए ४१ सेन्टीमिटरका व्यक्ति : गिनिज बुकमा नाम लेखाउने तयारी (फोटो फिचर)



यसअघि नेपालकै दुई व्यक्तिले संसारकै होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका छन् । अहिले अर्का एक नेपालीले आफू संसारकै होचो भएको दावी गर्दै गिनिज बुकमा नाम लेखाउने बताएका छन् ।

भैरहवाका ७३ वर्षीय मास्टर नाउ नाम गरेको ती व्यक्ति ४१ सेन्टिमिटर अग्ला छन् । उनी आँफै हिँडडुल गर्न भने सक्दैनन् । अहिले संसारकै होचा ६८ सेन्टिमिटर अग्ला ताइवानका एक व्यक्तिको नाम गिनिजबुकमा छ ।
त्यसअघि नेपालकै चन्द्रबहादुर डाँगी र खगेन्द्र थापामगर थिए । अहिले नाउका आफन्तहरुले नाम लेखाउनको लागि पहल गरिरहेका छन् ।

थानेश्वर गुरागाइँका अनुसार उनलाई नेपाली तथा हिन्दी गीत सुन्न र घुम्न मन पर्छ । पछिल्लो समय उनले हवाइजहाज चढ्ने रुची भएको बताएपछि उनलाई यति एयरले हवाई यात्रा गराएको छ ।

प्रतिक्रिया दिनुहोस्