थरी–थरीका दाह्री–जुंगा (फोटो फिचर)



जर्मनीमा यतिबेला सयौंका संख्यामा मानिसहरु ‘विश्व दाह्री–जुंगा प्रतियोगिता’मा सहभागी हुन भेला भएका छन् । यो अनौठो किसिमको प्रतियोगितामा सहभागी हुन २० देशबाट ३ सय बढी व्यक्ति जर्मनी पुगिसकेका छन् ।प्रतियोगितामा सहभागी हुन जर्मनी पुगेका व्यक्तिहरुका दाह्री–जुंगा भने यतिबेला आकर्षणको केन्द्र बनेको छ ।

प्रतियोगिताका आयोजकले आशा गरिएको भन्दा राम्रो प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।जर्मनीको स्टुटगार्डमा यही नोभेम्बरमा विश्व दाही–जुंगा प्रतियोगिता (वल्र्ड ब्रेड एण्ड मुँछ च्याम्पियनसिप) हुन लागेको हो । यो विश्व दाह्री–जुंगा प्रतियोगिताको १२ औं संस्करण हो । –एजेन्सीको सहयोगमा ।

 

प्रतिक्रिया दिनुहोस्