बाहुबली हिरोइन तमन्नालाई जुत्ता प्रहार (भिडियो सहित)



मुम्बई – चर्चित फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ।

हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि करीमुल्ला नामका ३१ वर्षीय युवकले जुत्ता प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनलाई जुत्ता लागेन। ज्वेलरीका एक कर्मचारीले छेकेका थिए।

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भुमिकामा असन्तुष्टि जनाउँदै करीमुल्लाले जुत्ता हानेको नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्द्रले जानकारी दिएका छन्। उनीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्