शहीदको नाममा पार्क खेती, २७ करोड सकियो तर देखिएन उपलब्धि



नागरिक दैनिकले आज शहीदको नाममा निर्माण गरिएका पार्कमा अनियमितता भएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पार्कका नाममा २७ करोड सकिए पनि उपलब्धि भने खासै हाता लागेको छैन ।

‘२७ करोड सकियो, देखिँदैन उपलब्धि’ शीर्षक समाचारमा नागरिकले लेखेको छ–गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा राष्ट्रिय शहीद तथा निजामति पार्क बनाउन ०६८ सालमा शिलान्यास भएको थियो ।

शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । शहीदका नाममा पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।’

संग्रहालयको नाममा बनेको भवन जीर्ण भइसकेको र बगैंचाको नाममा फूल, बोटबिरुवा केही पनि नरोपिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्