कक्रोजको जन्मदिनमा भद्रगोल टिमले गर्यो जलजलालाई आर्थिक सहयोग (भिडियो सहित)



नेपाली तारा सिजन–३ बाट सांगितीक क्षेत्रमा चर्चा कमाएकी गायीका जलजला परियार यतिवेला दुबै मृगौला फेल भएपछि जिवन मृत्युको दोसाँधमा अस्पतालको बेडमा छटपटाइरहेकी छिन् । २१ वर्षिया जलजला अहिले टिचिङ अस्पतालको शैयामा छिन् । उनलाई दुबैमृगौला पत्यारोपणका लागी कम्तिमा पनि १० लाखको आवश्यक छ । तर आर्थिकस्थिती कमजोर भएकोले सहयोगको आग्रह गरिएको छ ।

आइतबार चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकारहरुले नगद ४० हजार सहयोग गरेका छन् । कलाकार हरिश निरौला (कक्रोज)को जन्मदिनको अवसरमा उक्त रकम सहयोग गरिएको छ । त्यसैगरी सोहिदिन गायिका सुनिता दुलालले २० हजार, गायक कमल सौरागले १० हजार नगद सहयोग गरेका थिए ।

अहिले उनको स्थिती कस्तो छ र उनको उपचारको स्थिती के भइरहेको छ भिडियो रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्