अखिल उपत्यका इन्चार्जद्वारा जिल्ला सचिवमाथी हातपात



काठमाडौं, १६ माघ

अनेरास्ववियु भूगोल जिल्ला कमिटी काठमाडौंको वैठक जबर्जस्ती स्थगन गर्न लगाएर उपत्यका इन्चार्ज नारायण घर्तीले भूगोल जिल्ला कमिटीका सचिब सबिन डाँगीलाई बैठक खाता (माइनट) मागेपछि भएको बिबादमा इन्चार्जले सचिवमाथी हातपात गरेका छन् ।

हिजो १५ गते सोमबार दिउसो १२ बजेलाई  डाकिएको कमिटीको बैठक साँझ ७:०० बजेसम्म बस्न नसकेपछि ७:३० बजे घर्तीले बैठक स्थगन गर्न जिल्ला अध्यक्ष राजकुमार लामिछानेलाई  दबाब सिर्जना गरि सचिबसंग माइनट खोस्ने प्रयत्न गरेपछि राति  ९ बजेसम्म  विवाद  भएको थियो ।

केन्द्रीय अध्यक्ष नविना लामाले मलाई  बैठकमा नजानु भनेको छ भनेर कमिटीको उपाध्यक्षले साँझसम्म आफ्नो पक्षका सदस्यहरुलाई बैठकमा जान दिनुभएन । म र सचिबले पटक पटक बैठकमा बोलाउदा पनि आउन नमानेपछि इन्चार्ज घर्तीको दबाबमा बैठक स्थागन गर्नु परेको भूगोल जिल्ला अध्यक्ष  लामिछानेले बताउनुभयो  ।

त्यसैगरी, आफ्ना पक्षका केहि सदस्यहरुलाई कब्जा गरेर उपाध्यक्षले पद्मोदय मा.वि. मा राखेको सुचना पाएर म साथीहरुलाई बैठकमा बोलाउन पद्मोदय स्कुल पुगेको थिए । उपाध्यक्षले, नविना लामाले नजानु भनेको छ भनेर झुट्टा कुरा गरेर सदस्यलाई बैठकमा जान नादिएको थाहा पाएपछि मैले अध्यक्ष नविना लामालाई सम्पर्क गरें र  उपाध्यक्षसँग सम्पर्क गरि बैठकमा जान भनिदिनु भनेर फोन मार्फत कुरा गराए । तर  उहाँहरु बैठकमा आउनु भएन ।  बैठकको समय भन्दा ७ घण्टा ढिला अर्थात् साँझ ७:३० तिर आउनुभयो र होहल्ला गर्दै माइनट खोस्ने कुप्रयात्न गर्नुभयो सचिव डाँगीले परिवर्तन खबरलाई जानकारी गराउनुभयो।

 

रात धेरै परिसकेको भएपनि बैठक बसौं भनेर हामीले कमिटीका अध्यक्षलाई पटक पटक अनुरोध गर्यौ । इन्चार्ज घर्तीले मलाई बैठक स्थागन गर्नु भन्नुभएको छ त्यसैले आज बैठक हुदैन भनेर अध्यक्षले भन्नुभयो । बैठक नहुने भएपछी  हामी घर जान लाग्दा इन्चार्ज घर्तीले आक्रोशित हुँदै बैठक खाता बुझाएर मात्र घर जानु भन्दै सचिवलाई दबाई दिदा  सचिवले  नदिएपछि  म उपत्यका इन्चार्ज हुँ चिनेको छैन ? भन्दै घोक्राई मुन्टाई गर्नुभयो भूगोल जिल्ला सहसचिब एटमले बताउनुभयो ।

एमाले काठमाडौं जिल्ला पार्टी कार्यालय बागबजारमा राती अबेरसम्म होहल्ला भएपछी स्थानीयले प्रहरी बोलाएर होहल्ला नियन्त्रण गर्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्