दर्शक स्रोतालाई खिन्न पार्दै साझा सवाल बन्द



काठमाडौं, १६ माघ

चर्चित  बहस कार्यक्रम साझा सवाल बन्द भएको  छ । बीबीसी मिडिया एक्सनले उत्पादन गर्ने उक्त कार्यक्रम बन्द भएको हो ।

विगत दश वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रमलाई रोकिएको विविसी साझा सवालले जनाएको छ ।

एक  टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र यु ट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो ।

कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन ।

कार्यालय बागबजारमा राती अबेरसम्म होहल्ला भएपछी स्थानीयले प्रहरी बोलाएर होहल्ला नियन्त्रण गर्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्