यसरी हेनुहोस फेसबुकमा लुकाएकोअरुको फ्रेण्ड लिस्ट



काठमाडौं, १६ माघ

सोसल मिडियामा फेसबुक एउटा यस्तो प्लेटर्फम बनेको छ जहाँ हरेक जो कोही एक अर्कोसँग जोडिएको हुन्छ ।कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । ता की उसका को को र कति साथी छन् भन्ने कुरा अरुले नदेखुन् ।

यसरी हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैनथे । तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ ।किनकी यसरी तपाइँले हाइड गरेको फ्रेण्डलिष्ट तपाइँको फेसबुके साथीले सजिलैसँग हेर्न सक्दछ, यदि जुक्ति लगाउनेहो भने ।

तपाइँको कुनै फेसबुके साथीले यदि फ्रेण्ड लिष्ट हाइड गरेको छ र उसका फेसबुकमा को को साथी छन् भनी सबैको सूचि हेर्न चाहनुहुन्छ भने यसो गर्नुस्ः

  •  सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।
  • सोही ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । तपाइँले जुन साथीको फ्रेण्ड लिष्ट हेर्न चाहनुहुन्छ उसैको फेसबुक आइडी सर्च गरी वालमा जानुहोस् ।
  • फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गनुहोस् ।
  • त्यसपछि त्यहाँ एउटा reveal friends नामक अप्सन आउनेछ । तपाइँको क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।
  • उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।
  • स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्