अनेरास्ववियुद्वारा शहिद दिवसको अवसरमा “विद्यार्थी शहिद पार्क” को शिलान्यास



१६ माघ : अनेरास्ववियु केन्द्रीय कमिटीको अायोजनामा निर्माण गर्ने भनिएको “विद्यार्थी शहिद पार्क”को शहिद दिवसको अवसरमा अाज एक कार्यक्रमको गरेर शिलान्यास गरियो।

काभ्रेको नमोबुद्वअायोजना नगरपालिका वडा न ९ स्थित कुरगाँउमा शहिदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहिद पार्कमा विभिन्न अान्दोलनमा शहिद भएका विद्यार्थी नेताहरूको शालिकहरु राखिने छ। विद्यार्थी अान्दोलनको इतिहासलाई सधैंका लागि जिबित राख्ने उदेश्यले शहिद पार्क निर्माण गर्न लागिएको हो। कार्यक्रममा अनेरास्ववियुका पुर्व अध्यक्ष बिस्वकान्त मैनाली र अध्यक्ष नबिना लामाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो। कार्यक्रममा नमोबुद्व नगरपालिकाका मेयर टि.पि. शर्मा, अनेरास्ववियु सचिबद्वय समिक बडाल,अार.सी.लामीछाने,प्रबक्ता सुदिप शर्मा,सचिबालय सदस्यहरु धर्म गिरी,गोबिन्द गीरी,उमेश अाचार्य केन्द्रीय सदस्य संजय लामा लगायतको उपस्थिति रहेको थियो।

शहिद पार्क निर्माणका लागि स्थानिय समाजसेवि एवं पुर्ब गा.बि.स. अध्यक्ष पदम बहादुर लामा र राम बहादुर तामाङले जग्गा उपलब्ध गराउनु भएको हो।पार्कलाई लाइब्रेरी र अन्य एेतिहासिक दस्तावेज हरुको संग्रहालयका रुपमा बिकाश गरिने छ।

प्रतिक्रिया दिनुहोस्