स्कटल्याण्ड पुगेका अनमोल र आदिती रोमान्टिक मोडमा



काठमाडौं,१६ माघ

नेपाली चलचित्र ‘कृ’को एक रोमान्टिक गीत सुटिङको लागी नायक अनमोल र नायिका आदिती सहितको  युनिट हाल स्कटल्याण्ड पुगेको छ । ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार कृ युनिट स्कटल्याण्ड पुगेको हो।

चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतको शुटिङका लागिस्कटल्याण्ड पुगेका अनमोल र आदिती फोटो खिचेर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । चलचित्रमा नायक अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्