हट गायिका ज्योती मगरको नयाँ धमाकेदार गीत भाइरल



काठमाडौं,१६ माघ

गायिका ज्योती मगरको आवाज नसुन्ने र उनलाइ नचिन्ने कमै छन् । हट अवतार र उत्ताउलो छवीका कारण चर्चामा रहेकी उनै ज्योतीको स्वरमा सजिएको रमाइलो गीत स्याल कुखुरी’को म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै राम्रो चर्चा सपाइरहेको छ ।

तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ । जुन गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् ।

युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ । भिडियोलाई दर्शकले अत्यधिक रुचाएसँगै ट्रेण्डिगंमा समेत परेको छ । भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्