आखिर कहिलेसम्म ! नेपाली चेली शान्ता राइ घर मालिकको चरम यातनापछि १३ दिन बेहोस् (भिडियो सहित)



पोखरा, १६ : घरेलु कामदारको रुपमा इराक जानु भएकी नेपाली चेली शान्ता राइ इराकमा त पुग्नु भयो तर कामको २ बर्षे दौरानमा घर मालिकको कुटपिट बाट सख्त घाइते भै फर्कनु भएको छ। निकै दुखदायी यो घटनामा विभिन्न देशमा कामदारको रुपमा पुग्नु भएका नेपालीहरु मलम बनेर उभिएको छ।

शान्ता राइको उपचारको लागि यति बेला विभिन्न देश बाट सहयोग रकम आउनेक्रम बढ्दो छ। यसै क्रममा इराक़को कुर्दिस्तान प्रान्तबाट ‘प्रवासी नेपाली एकता समाज कुर्दिस्तानको’ अध्यक्ष नविन कुमार लामाको नेतृत्वमा केहि रकम जुटाइ आइतबार हस्तान्तरण गरिएको छ।

यसै क्रममा सुनौलो नेपालका मोहन राज शर्मा ज्युले सहयोग रकम हस्तान्तरण गर्दै गर्दा उहाँको क्यामेरा कैद भएको यो कारुणिक दृश्य हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्