फिन्ल्याण्डको राष्ट्रपतिमा निनिस्टो पुनः निर्वाचित



हेल्सीन्की, १६ माघ : फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित हुनुभएको छ । आइतबार राती सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उहाँले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ पहिलो चरणमै निर्वाचित भएपछि दोस्रो चरणको  निर्वाचन गर्नुपरेको थिएन ।

निर्वाचित भएपछि उहाँले आफु नतिजाबाट आश्चर्यचकित भएको बताउनुभएको थियो ।

ग्रीन पार्टीका उम्मेदवार पेक्का हाभिस्टोले १२.४ प्रतिशत मत ल्याएर दोस्रो हुनुभएको छ भने अरु छ जना उम्मेदवारले सात प्रतिशतभन्दा बढी मत कसैले ल्याउन सकेको छैन ।

चिर्चित मानिएका उम्मेदवार लाउरा हुतासारीले ६.९ प्रतिशत मत ल्याउनु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्र युरोपेली संघ विरुद्धको उम्मेदवार पाभो भायर्यनेनले ६.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यी दुई उम्मेदवारहरूको मत बाँडिएको विश्लेषकहरुले बताएका छन् ।

पुर्व केन्द्रीय प्रधानमन्त्री मात्ती भान्हानेनले ४.१, समाजिक प्रजातन्त्रवादी उम्मेदवार तुला हातैनेनले ३.२ र बामपन्थी प्रतिश्पर्धी मेजा क्यालेनेनले ३ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ ।

सन् २०१२ मा भएको राष्ट्रपतिय निर्वाचनमा भन्दा तीन प्रतिशत बढी मत ल्याएर निनिस्टो पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँको दोस्रो कार्यकाल अब सन् २०२४ सम्म चल्नेछ ।

संसदीय निर्वाचनमा जत्तिको चासो राष्ट्रपतीय निर्वाचनमा मतदाताले नदिएको विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्