केटीले लगाउने शर्टको टाँक बायाँ तर्फ किन हुन्छ ? पुरा पढ्नुहोस्



तपाईंले कहिले याद गर्नु भएको छ युवतीहरुले लगाउने सर्टको टाँक(वटन) केटाले पहिरिने सर्टको भन्दा उल्टो तर्फ हुन्छ ?

उसो त युवा र युवतीले पहिरने धेरै चिजमा सानासाना फरक हुन्छ जसलाई तपाईले याद नगर्नु भएको हुनुक्छ ।

सामान्यतया केटा र केटीले लगाउने सर्टको बटन फरक फरक स्थानमा हुन्छ ।

शर्टका बटन केटीको बाया र केटाको दायाँ तर्फ हुन्छ, त्यसो किन भएको होला ?

त्यस विषयमा केही सोचाइ प्रचलनमा छन् ।

पहिलो
महिलालाई आफ्नो बच्चालाई दुध पिलाउन सहजताका लागि शर्टको बटन वायाँ तर्फ राखिएको केही मानिसको तर्क छ ।

महिलाले आफ्नो बच्चालाई बायाँ हातले समाउछिन् । जसले दूध पिलाउने समयमा उनी दाहिने हातले आफ्नो कपडा सेहार्न सक्छिन् । बटन बायाँ तर्फ भएका कारण दाहिने हातले सजिलैसँग खोल्न सकिन्छ ।

केटाहरुको बटमको विषयमा चाहिँ यस्तो तर्क गरिन्छ । पुरुषको काम युद्ध लड्ने र रक्षा गर्ने हुन्छ । दाहिने हातमा तलवार हुने भएका कारण वाँया हातले कपडा बदल्थे । जसका कारण उनीहरुको बटन दाहिने तर्फ भएको हो ।

अर्को तर्क
जब बटन वाला शर्ट या व्लाउजको फेशन आयो तव त्यसलाई पहिरने महिला धनी परिवारका थिए । उनीहरुको तयारी गर्नका लागि मानिसहरु राखिउको हुन्थ्यो । जसका कारण उनीहरुलाई सहज बनाउनका लागि बटन उल्टो तर्फ लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्