छत्रदेव, १६ माघ : अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।भगवती बचतका अध्यक्ष पदमराज पन्थीको सभापत्तित्वबाट सुरु भएको कार्यक्रममा त्रिदेव बचतका अध्यक्ष काशिराम पाण्डेको प्रमुख अतिथ्यता तथा जिल्ला सहकारी संघ अर्घाखाँचीका लेखा संयोजक तथा बचतका लेखासंयोजक महेन्द्रकुमार श्रेष्ठ ,त्रिदेव बचतका उपाध्यक्ष नारायण प्रसाद पाण्डेको विशिष्ट अतिथ्यता रहेको थियो।कार्यक्रममा जनकल्याण माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डे,भगवती कालिका फलफुल समुहका अध्यक्ष कृष्णप्रसाद पाण्डे सञ्चालक समितिका सदस्य लोकबहादुर शाह,कविराम अधिकारी,बुद्धिराम न्यौपाने,निरप्रसाद पाण्डे,भिमकुमारी पाण्डे,रामकृष्ण ताम्राकार,बुद्धि भुसाल,घनश्याम पाण्डे,राजेन्द्रप्रसाद पाण्डे,नमराज श्रेष्ठ तथा संस्थाका संस्थापक अध्यक्ष रोमाकान्त पाण्डे तथा छत्रदेव गाउपालिकाका संचारकर्मि मधुसुधन पाण्डेको अतिथ्यता रहेको थियो।कार्यक्रममा सेयर सदस्य शुसिला पाण्डे,मानबहादुर पाण्डे त्रिदेव बचतका उपाध्यक्ष तथा विशिष्ट अतिथि नारायण पाण्डे प्रमुख अतिथि काशीराम पाण्डेले मन्त्वय राख्नुभएको थियो।कार्यक्रममा संस्थाका अध्यक्ष पदमरनज पन्थीले बार्षिक प्रतिवेदन तथा लेखापरीक्षक महेन्द्रकुमार श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम नयाँ नेतृत्व चयन गर्दै समापन भएको छ।जसअनुसार अध्यक्षमा पदमराज पन्थी उपाध्यक्षमा लोकबहादुर साह व्यावस्थापकमा राजेन्द्रप्रसाद पाण्डे,सचिवमा कविराम अधिकारी,सदस्यहरुमा कृष्णप्रसाद पाण्डे,सुसिला पाण्डे,रामकृष्ण ताम्राकार,बुद्धिप्रसाद न्यौपाने,बुद्धि प्रसाद भुसाल,भिमकुमारी पाण्डे लेखा समितिमा संयोजकमा महेन्द्रकुमार श्रेष्ठ सदस्यमा निरप्रसाद पाण्डे र मञ्जु पाण्डे ऋण समितिमा संयोजक बुद्धिप्रसाद भुसाल सदस्यमा घनश्याम पाण्डे तथा नमराज श्रेष्ठ सर्वसम्मत घोषणा हुनुभएको छ।साथै ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ जसको संयोजकमा नारायणप्रसाद पाण्डे तथा सदस्यहरुमा रामलाल पाण्डे,विनिराम पाण्डे,पुर्णकुमार श्रेष्ठ तथा कृष्नकुमारी श्रेष्ठ लगायत रहनुभएको छ।कार्यक्रम संस्थाका उपाध्यक्ष लोकबहादुर साहको स्वागत मन्तव्य तथा सचिव कविराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो