विश्वका सबैभन्दा अग्ला पुरुष सुल्तान र सबैभन्दा होची महिला ज्योतिको अविष्मरणीय फोटोसुट (भिडियो सहित)



दुनियाँकै अग्ला व्यक्तिको रुपमा गिनिज बुकमा दर्ज भएका टर्कीका सुल्तान कोसेन र विश्वकै होची महिलाको रुपमा रहेकी भारतकी ज्योति अम्गेबीच इजिप्टमा भेटघाट भएको छ । उनीहरुको भेटघाटका क्रममा भएको फोटोसुट दुनियाँकै लागि अविष्मरणीय बनेको छ ।

इजिप्टको पर्यटन प्रबर्दन बोर्डको निम्तामा यो जोडी इजिप्ट पुगेको थियो । त्यसक्रममा उनीहरुले गिजाको पिरामिडमा पुगी गज्जबको फोटोसुट गरे ।

सन् २०११ मा दुवैजनाले विश्व रेकर्ड कायम गरेका थिए, जुन अहिलेसम्म तोडिएको छैन । सुल्तान कोसेनको उचाई ८ फिट १ इन्च छ भने ज्योतिको उचाई २ फिट अग्लो छ ।

 

प्रतिक्रिया दिनुहोस्