जलजलालाई राजेश पायल राईको ५ लाख सहयोग (भिडियो सहित)



दुई ओटै मिर्गौला फेल भएर मृत्युसँग लड्दै गरेकी ‘नेपाली तारा सिजन ३’ की टप ५ सहभागी तथा लाखौँ दर्शकहरुको मन जित्न सफल गायिका जलजला परियारलाई गायक राजेश पायल राई तथा उनको समुहले नगद ४ लाख ६४ हजार सहयोग गरेका छन् । गायक राजेश पायल राई सहितको टोली आफै उपस्थित भएर सो रकम जलजलाको परिवारलाई हस्तान्तरण गरेको हो ।

गरिबीको कारण उपचार नभएर दुखी रहेको जलजला परिवारलाई केहि हदसम्म राहत मिलेको छ। देशको गहना मानिने कलाकारको सहयोगको लागि अरु विभिन्न व्यक्ति तथा संघसंस्थाबाट पनि सहयोग आउने क्रम जारी छ । सरकारबाट भने अहिलेसम्म कुनै प्रकारको सहयोग नआएको जलजलाका बुबा नारायण बहादुर दर्जीले बताएका छन्। जलजला परियारलाई सहयोग गर्न चाहनु हुन्छ भने ग्लोबल आई एमई बैकमा जलजलाका पिता नारायण बहादुर दर्जीको नाममा रहेको खाता नम्बर ३५०७०१०००३५७६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । जलजलाका पिता नारायण बहादुर दर्जीलाई सिधा सम्पर्क गर्न उनको मोबाईल नम्बर ९८४३६०३००५ हो । सबैले सहयोग गरौं, नसके सेयर गरौँ ।

प्रतिक्रिया दिनुहोस्