आइफोन किन्न गर्लफ्रेण्ड भाडामा



आइफोनको चर्चा सबैतिर छ । पैसा हुनेहरुले त तत्काल किन्ने गर्छन तर नहुनेले के गर्ने ? यस्तै अवस्था आएको छ एक चिनियाँ युवकलाई । त्यसैले उनले एप्पलको आइफोन किन्नका लागि आफ्नो गर्लफ्रेण्ड नै भाडामा लगाउने निर्णय गरेका छन् ।

यो विचित्रको घटना चीनको शांघाईको शोंगझियांग युनिभर्सिटको हो । यहाँका एक युवकले आइफोन ७ किन्नका लागि आफ्नो गर्लफ्रेण्ड भाडामा दिने बताएका हुन् । त्यसका लागि उनले सामाजिक सञ्जालमा विज्ञापन पनि दिएका छन् । त्यति मात्र होइन, उ युनिभर्सिटी परिसरमा प्लेकार्ड बोकेर पनि यसको विज्ञापन गरिरहेको छ।

विज्ञापनमा युवकले घण्टा, दिन र महिनाको भाडा उल्लेख गरेका छन् । उनले एक घण्टाको १० चिनियाँ येन, एक दिनका लागि ५० र एक महिनाका लागि ५०० येन भाडा तय गरको छन् ।चीनमा यसप्रकारको यो नै पहिलो घटना भने होइन । यसअिघ एक स्कुले छात्राले आइफोन किन्नका लागि आफ्नो मृगौला बेचेकी थिइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्