मिका सिंहले राखी सावन्तलाई जन्मदिनको पार्टीमा जबजस्ती किस गरेपछि



काठमाडौं, १७ माघ

बोल्ड फोटो, सिन तथा बयानका कारण चर्चामा आउने गर्दछिन् बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्त । एकताका आइटम डान्स तथा राखीका स्वयंवर नामक रियालिटीले पनि उनलाई चर्चा दिलाएको थियो ।

सन् २००७ मा गायक मिका सिंहले आफ्नो जन्मदिनको पार्टीमा राखीलाई जबजस्ती ‘लिपलक किस’ गरेका थिए । त्यो चुम्बनको घटनाले उनीहरू दुवै समाचारमा छाएका थिए । मिकाले चुम्बन गर्दा राखीले असहज महसुस गरेकी थिइन् । त्यो घटना निकै विवादित भएको थियो ।

अहिले आएर एउटा फिल्ममा चुम्बन दृश्य दिनुपर्दा आफूले ११ वर्षअघिको मिका सिंहवाला किसको याद गरेको राखीले बताएकी छिन् । राखीले हालै एउटा भिडियो पोस्ट गर्दै सो कुरा याद गरेकी हुन् । भिडियोमा उनले अनस्क्रिन किस गरेकी छिन् ।

तर, किस गर्दा उनले निकै असहज महसुस गरेको प्रस्टै देखिन्छ । उनले आफूलाई चुम्बन दृश्यमा अभिनय गर्न निकै असहज भएको बताउँदै भनेकी छिन्, ‘मलाई पहिलाको घटनाको याद आयो । त्यसैले मलाई निकै डर लाग्यो । मैले बिर्सिएँ कि म क्यामेराको अगाडि अभिनय गर्दै छु । मलाई त्यो चुम्बन दृश्य वास्तविकजस्तै लाग्यो । कसैले मलाई जबर्जस्ती चुम्बन गर्दै छ, म चुपचाप सहिरहेजस्तो लाग्यो । त्यसैले मैले ५५ टेक खाएँ ।’

उक्त दृश्य ओके हुन ५५ पटक रि–टेक गर्नुपर्दा निर्देशक पनि आजित भएको राखी आफैँले बताएकी छिन् । ‘मबाट चुम्बन दृश्य दिने काम सहज भएन, म आफैँलाई अप्ठ्यारो लाग्यो ।’ भारतीय मिडियाले उनको भनाइ उद्धृत गरेको छ ।नयाँ पत्रिकाले छापेको छ ।

राखीले पहिलोचोटि किस सिन दिँदाको अनुभव पनि सेयर गरेकी छिन् । उनले भनेकी छिन्, ‘पहिलोचोटि किस सिन दिँदा म निकै डराएकी थिएँ, किनभने मलाई किसको अनुभव थिएन । त्यतिवेला म यतिसम्म नर्भस भएँ कि, आधा बोतल रक्सी पिएपछि मात्रै किस सिन दिन सकेकी थिएँ ।’ आफूले किस सिनमा अभिनय गर्न नमान्दा निर्माता, निर्देशकले आफूहरूले सिकाउने बताएको समेत उनले खोलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्