श्रीकृष्णले यशोदाको एक अधूरो इच्छा अर्को जन्ममा पूरा गरेका थिए



काठमाडौं, १७ माघ

श्रीकृष्णको महिमाबारे थाहा नभएका सायद कमै होलान्, भगवान विष्णु आठौँ अवतार कृष्णको रुपमा आएको कथा सुनिँदै आएको छ । कृष्ण आफ्नो मृत्युको भविष्यवाणीदेखि परिचित थिए, जुन अनुसार  उनकै बहिनी देवकीको आठौँ सन्तान नै कंसको काल बन्नेछ ।

श्रीमद भागवतका अनुसार, जब भगवान कृष्ण कुरुक्षेत्रतर्फ गइरहेका थिए, तब अन्तिम पटक उनी आफ्नो धात्रेय माता–पिता नंद र यशोदासँग भेट्न गए । त्यस दिन पूर्ण सूर्य ग्रहण लागेको थियो र धेरैजसो मानिसले कुरुक्षेत्रको छेउमा रहेको एक तीर्थस्थल सामंत पञ्चकको दर्शन गर्न गइरहेका थिए ।

यसै यात्राका क्रममा नै भगवान कृष्ण, वासुदेव र देवकीको भेट यशोदा र नंद बाबासँग भएको थियो, जसलाई एक भावुक पुर्नमिलन पनि भन्ने गरिन्छ । जब भगवान कृष्ण यशोदा मातालाई भेट्न पुगे, यशोदा आफ्नो मृत्युशैयामा लडिरहेकी थिइन र अन्तिम श्वास गनिरहेकी थिइन् । यसैबेला यशोदाले कृष्णलाई आजसम्म एक कुराको पछुतो रहेको बताए, जसलाई उनले कसैलाई भन्न सकिनन् ।

यशोदाले भनिन्, भगवान कृष्ण अर्थात् काख लिएको पुत्रको विवाहको साक्षी बन्न नपाएको ठूलो पछुतो छ ।’ र कृष्णले यशोदालाई अर्को जन्ममा यो उनको इच्छालाई अवश्य पूरा गर्ने वचन दिए । पौराणिक कथाहरुमा भनिन्छ, यशोदाको अर्को जन्म वकुलादेवीको रुपमा भएको थियो, जो भगवान वेंकटेश्वर (श्रीकृष्ण)को विवाहमा सहभागी भएकी थिइन् । यसरी कृष्णले यशोदाको इच्छा पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्