काठमाडौं,१७ माघ
प्राय मानिसहरु अरुलाई आफु तिर आकर्षित गर्न चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ । सुन्दर देखिन चाहनुहुन्छ तर हाँस्नासाथ मानिसहरुले तपाईको पहेंलो दाँतको सामना गर्नुपर्छ, के होला अवस्था ?
किनकी दाँत सफा नहुने मानिसको चेहराले अन्य मानिसलाई प्रभाव पार्न सक्दैन । दाँतकै कारण कतिपय मानिसहरु आत्मविश्वास गुमाउँछन् खुलेर हाँस्न सक्दैनन् ।
तर सही ढंगले हेरचाह गर्न सकेमा दाँतलाई सजिलै सेतो र चम्किलो बनाउन सकिन्छ । हेरचाह नहुँदा दाँतमा प्लाक (Plaque) जम्छ र पहेंलो देखिन्छ । केही खाद्यपदार्थ लगातार खानाले, बढ्दो उमेर र अत्यधिक औषधी सेवनले पनि दाँतमा पहेंलोपन बढ्छ ।
यहाँ हामी दुई मिनेटमै दाँत चम्काउने घरेलु उपायबारे जानकारी दिनेछौं । तर यो उपचार विधि दैनिक गर्नु हुँदैन
सामग्री:-
१ चम्चा बेकिङ्ग सोडा
१ चम्चा कागतीको रस
विधि/प्रयोग :–
बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् ।
जब यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् ।
सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् ।
यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् ।