२०० जना ब्यक्तिको रगत बहन्छ बलिउड अभिनेता अमिताभको सरिरमा



काठमाडौं, १७ माघ

वलिउड अभिनेता अमिताभ बच्चन बेलाबेलामा सुटिङको क्रममा घाईते भएको खवर अाईरहेको हुन्छ । उनी हालै फेरी एक चलचित्रको सुटिङको क्रममा घाईते भएका छन् । उनले कैयौ पटक यस्ता घटना खेप्नुपरेको एक कार्यक्रममा बताएका छन् । सुन्न सक्ने क्षमता नभएका बच्चाहरुका लागि आर्थिक सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको थियो ।

दिवालीमा जल्यो हात सुटिङको क्रममा उनको हात जलेको र कैयौ दिनहरु उनले आफ्नो हात द्वारा काम गर्न नसकेको बताएका छन् । आफ्ना बायाँ हात नहुँदासम्म उनले आफ्नो किमजको टाँक लगाउन नसकेको पनि सुनाए । ‘कमिजको टाँक लगाउन सक्दिनथेँ, पाइन्ट लगाउन सक्दिनथेँ । किनभने म लेफ्टिस्ट थिएँ, दायाँ हातले केही गन सक्दिनथेँ । बिस्तारै दायाँ हात सक्रिय हुन थाल्यो । त्यो कष्ट मलाई थाहा छ । आफ्नो शरीरको कुनै भाग सक्रिय नहुँदा कति कष्ट हुन्छ मलाई राम्रो अनुभव छ,’ उनले कार्यक्रममा सुनाए ।

अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’को समयमा आफू बिरामी भएको कुरालाई पनि सम्झिए । उनले भने, ‘सन् २००२ मा जब मैले कौन बनेगा करोडपति सुरु गरेँ, त्यतिबेला मेरो मेरुदण्डमा धेरै दुखाई हुन्थ्यो । कुर्सीमा बस्नै गाह्रो हुन्थ्यो । स्वास्थ्य जाँचपछि थाहा भयो कि मलाई ‘ट्युबरक्लोसिस भएको रहेछ । उपचारपछि म टिबीबाट पूर्णरुपमा मुक्त भएँ ।

अमिताभ बच्चनले एक अर्को घटनाको याद गर्दै १९८२ मा कुलीको सुटिङको दौरान एक एक्शन सिनमा घाइते भएको बताए । उनले भने ‘त्यतिखेर करिब ६० बोतल रगत आवश्यकता परेको थियो । २०० मानिसले रगत दिएर म बाँच्न सफल भएँ । तर, रगत दिने एक व्यक्तिको रगतमा हेपटाइटिस बी भाइरस रहेछ । त्यतिखेर पहिचान हुन सकेन । त्यो मेरो शरीरमा प्रवेश ग¥यो । सनर्् १९८२ को दुर्घटनापछि २००५ मा एक सामान्य जाँचमा यो पत्ता लाग्यो कि उक्त भाइरस मेरो शरिरभित्र छ । त्यसले मेरो कलेजोलाई ७५ प्रतिशत खाइसकेको रहेछ । आज म तपाईँको अगाडी उभिएको छु । केवल २५ प्रतिशत कलेजोले म बाँचिरहेको छु । यसको सही तरिकाले पत्ता लगाइयो । सहि तरिकाले उपचार भयो । आज म एक सामान्य मानिसजस्तै आफ्नो जिवन व्यतित गरिरहेको छु ।’

उनले आफ्नो दु:खका र कठिन दिन सम्झदै ति बाल बच्चाको मनोभाबना बढाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्