भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदै



काठमाडौं, १७ माघ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन्।  नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन्। मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन्।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन्।  मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्