यी चर्चित गायक–गायिकाले लिने पारिश्रमिकले उडाउन सक्छ होस



काठमाडौं, १७ माघ

बलिउडको चर्चा गर्ने हो भने, त्यहाँ निर्माण भएका चलचित्रको गीतको पनि प्रशंसा गर्नुपर्ने हुन्छ । बलिउडमा चलचित्रका गीतको पनि आफ्नै किसिमको महत्व रहने गर्दछ । गीत निर्माणमा संगीतकार र गायकले मिहिनेत पनि निकै गर्ने गरेका छन् । आफ्नो मिहिनेतले करोडौ दिलको ढुकढुकी बन्न सफल ति गायक गायिका जो एक गीतका लाथिग बलिउड स्टार सरह फिस लिने गर्दछन् ।

मीका सिंह 
मीका सिंह बलिउडमा सबैभन्दा चर्चित गायक मध्यका एक हुन् । उनको स्वरमा करोडौ मानिस फिदा हुने गर्दछन् । मीकाले बलिउडमा कयौ सुपरहिट गीत दिएका छन् । उनको गीत उत्सव तथा पार्टीको शान पनि बन्ने गरेको छ । बलिउडका हर सुपरहिट चलचित्रमा मीकाको एक  रहेको पाउन सकिन्छ । मीका एक गीतका लागि १३ लाख पारिश्रमिक लिने गर्दछन् ।

श्रेया घोषाल 
बलिउडकी सबैभन्दा राम्री र सुरिलो आवाजकी धनी गायिका श्रेया देश बिदेशमा समेत पपुलर छिन् । उनले बलिउडका कयौ गीतमा आवाजको जादु छरेकी छन् । उनले एक चलचित्रको गीतको लागि २० लाख पारिश्रमिक लिने गरेकी छन् ।

नेहा कक्कर 
पछिल्लो समय बलिउडमा छाउँन सफल गायिका हुन् नेहा कक्कर । उनी अहिलको चर्चित बलिउडका गायक गायिका मध्यकी एक हुन् । गायनको अलवा उनी सौदर्यको कारणले समेत चिनिएकी छन् । नेहाको आवाज रहेको कयौ गीत बलिउडमा हिट भएका छन् । नेहा एक गीतका लागि ८ लाख बढी पारिश्रमिक लिने गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस्